Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सम्पत्ति विवरण नबुझाउने कर्मचारीको जरिवाना बैंकबाटै तिर्ने व्यवस्था मिलाउन निर्देशन

२०८१ श्रावण २३ गते


बैंकिङ खबर/ सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोडमा ७७ वटै जिल्लाबाट संघीय राजस्व खातामा राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउनुपर्ने भएको छ ।

बुधबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति विवरण सम्बन्धी पत्रका आधारमा उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ साउनमा राष्ट्र बैंकलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न अनुरोध गरेको थियो । आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फारम भरि तोकिएको मितिभित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी/कर्मचारीले ५ हजार जरिबाना तिनुपर्ने अख्तियारले जनाएको छ ।