August 1st, 2024

बुधबारको सर्कुलरमार्फत नआएका विषय क्रमशः अर्को सर्कुलरमा छाउँछ: राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न जारी गरेको सर्कुलरमा छुटेका विषयहरु पुनः अर्को सर्कुलरमार्फत क्रमशः आउने बताएको छ ।

केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा व्यक्तिगततर्फ १५ करोडको क्याप यथावत राखी संस्थागततर्फको खारेज गर्ने उद्घोष मौद्रिक नीतिमार्फत गरेको थियो । तर, बुधबार परिपत्र जारी गर्दै गर्दा सो व्यवस्था कार्यान्वयनका बारेमा उल्लेख गरिएको छैन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले मौद्रिक नीतिमा भएका व्यवस्थाहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताएका छन् । उनले घोषित व्यवस्थाबाट राष्ट्र बैंकपछि नहट्ने र बुधबार सर्कुलरमार्फत नआएका विषय अर्को सर्कुलरमार्फत पुनः आउने बताए । उनले भने, ‘घोषित व्यवस्थाबाट राष्ट्र बैंक पछि हट्दैन ।’