बैंकिङ खबर/मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय, रामगढवा पर्साले मृतक ऋणीको ६ लाख कर्जा मिनाह गरेको छ।
वीरगंज म.न.पा.–२८ टोल बगही बस्ने ऋणी सचिता देवीले मिति २०७९/११/०५ मा कर्जा लिइ ब्यवसाय गर्दे आइरहेकोमा २०८० चैत १० मा निजको पति शिवदरश ठाकुरको मृत्यु भएकोले संस्थाले निजले लिएको कर्जा बीमा मार्फत रु. ६ लाख मिनाहा गरेको र काजकिरिया खर्च वापत रु.१०,००० भुक्तानी गरिएको छ ।
त्यहि टोलकी अर्का ऋणी कुन्ती देवीको मृत्यु भएकाले निजको हकवालालाई काजकिरिया खर्च वापत १५ हजार रुपैयाँ पनि भुक्तानी गरेको छ । एक कार्यक्रममार्फत वीरगञ्ज महानगरपालिका–२८ का वडा अध्यक्ष सर्युग महतो धानुकले उक्त चेक हकवालालाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा वडा अध्यक्ष सर्युग महतो धानुक, सचिव हरेन्द्र प्रसाद यादव, अन्य गाउँबासी, यस संस्थाको शाखा प्रबन्धक अजित कुमार मण्डल, कर्मचारीहरु राम नन्द यादव, रामनिवास कुशवाहा, सुभाष कुशवाहा, दिपनरेश राउत, प्रवीन चौधरी लगायतका सहभागिता रहेको थियो ।