July 28th, 2024

मौद्रिक नीतिपछिको सेयर बजार : वाणिज्य बैंकको उपसूचकमा उछाल

बैंकिङ खबर/ मौद्रिक नीतिपछि खुलेको शेयर बजारमा आज आइतबार ११३.४२ अंकको बढोत्तरी आएको छ । ३१८ कम्पनीको चार करोड तीन लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब, ८१ करोड, पाँच लाख ९६ हजार २३५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।

आइतबार माइक्रोफाइनान्सबाहेक सबै समूहहरूमा १.२९% देखि ९.८९% सम्मले वृद्धि आएको छ । आज बैंकिङ समूहका ९.८९% ले वृद्धि आएको छ । दर्जन बैंकका शेयरमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), एसबिआई, सानिमा, एनएमबि, प्रभु, ग्लोबल आईएमई, सिटिजन्स बैंक इन्टरनेशनल, प्राइम कमर्सियल, कृषि विकास बैंक, नेपाल बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि आएको छ ।

यस्तै, भएभरेष्ट बैंक, लक्ष्मी सनराइज, कुमारी, एनआईसी एशिया, नबिल, हिमालयन, माछापुच्छ्रे, स्ट्यान्ण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य सर्किट लेभल अर्थात् ९ प्रतिशत भन्दा माथि पुगेको छ ।