Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यस्तो बताएका हुन् ।

सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो ।