Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीति: निर्माण क्षेत्रप्रति लचिलो

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बालुवाटारस्थित आफ्नै भवनबाट शुक्रबार दिउँसो गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको उनले बताए । उनले चालू आर्थिक वर्षको बजेट र १६औँ योजनालाई केन्द्रमा राखेर मौद्रिक नीति तयार गरिएको बताए ।

मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा मुद्रा स्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरिएको छ । अहिले उनले मौद्रिक नीति प्रस्तुत गरिरहेका छन् । नयाँ मौद्रिक नीति निर्माण क्षेत्रप्रति लचिलो देखिएको छ ।

परिस्थितिजन्य कारणले कुनै व्यवसाय बन्द रहे पनि कर्जाको सावाँ ब्याज भुक्तानी नियमित गर्ने उद्योग व्यवसायलाई कर्जा वर्गीकरण र जोखिम व्यवस्थाका लागि आवश्यक सहजीकरण गरिने उनले बताए ।