July 22nd, 2024

होटल सांग्रिलाका सञ्चालक पाण्डेको निधन


बैंकिङ खबर/लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए । पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।

सन् १९३६ अक्टोबर १२ मा काठमाडौंको सैनिक परिवारमा जन्मिएका पाण्डे सांग्रिला होटेलका संस्थापक हुन् । काठमाडौंबाटै विद्यालय शिक्षा हाँसिल गरेका पाण्डेले भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थिए ।

अमेरिकाको लस एजन्लसबाट पब्लिक एड्मिनिष्ट्रेशनमा उनले डिप्लोको अध्ययनपनि गरेका थिए । पारिवारिक स्रोतका अनुसार पाण्डेको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिने छ । त्यसपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।