इन्टरनेशनल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८१ लाख दुई हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ लाख २६ हजार रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्टरनेशनल डेभलपमेन्ट बैंकले एक करोड ७१ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
हाल ७७ करोड आठ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत असोज मसान्तसम्ममा पाँच अर्ब ६८ करोड ९० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ७६ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा ४३ लाख रूपैयाँले बढेर पाँच करोड ९० लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैैंकको खुद ब्याज आम्दानी पाँच करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्ममा बैंकको खराब कर्जा १.२५ प्रतिशत, प्रतिसेयर आम्दानी नौ रुपैयाँ ३९ पैसा (बार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ पाँच पैसा रहेको छ । बैंकको रिजर्भ कोषमा २३ करोड १६ लाख ६४ हजार रुपैयाँ रहेको छ ।