
बैंकिङ खबर/हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ।
‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफर अनुरुप अलायन्स मोटर्स प्रालि, हुन्डाइ बिर्तामोडका ग्राहक सुनसरीका ईन्द्र प्रसाद गुरागाइँले हुन्डाइ एक्सटर बम्पर लक्की ड्र जितेका छन्। उनका कुपन नम्बर ५३ थियो।
यस अफर अनुरुप हरेक नयाँ हुन्डाइ गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट, एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, र स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्थे। साथै, बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १ जना विजेतालाई हुन्डाइ एक्स्टर जित्ने मौका पनि थियो।
‘हुन्डाइ फेस्टिभल डिलाइट २०८०’ अफरको विजेताको घोषणा हुन्डाइ नेपालको फेसबुकमा लक्की ड्र मार्फत २०८१ असार ३१ गते ११ बजे गरिएको थियो। कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल कार्यक्रमको मुख्य अतिथिको रुपमा थिइन्।