राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो केन्द्रिय कार्यालय सिंहदरबार प्लाजामा कर्पोरेट शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उक्त कर्पोरेट अफिसको उद्धघाटन गरे । उक्त कर्पोरेट शाखासमेत गरि अब मुलुकभर राष्ट्रिय वाािणज्य बैंकको शाखा संख्या १७१ पुगेको छ । यसबाहेक, ७५ वटा ब्रान्चलेस बैंकिङ, ८६ वटा एटीएम र १६ वटा एक्सटेन्सन काउन्टरमार्फत राष्ट्रिय वाणिज्य बैंकले जनतालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । सरकारी कार्यालयहरुमा काउन्टर स्थापना गर्दै राजश्व बुझ्ने कार्य पनि बैंकले गरिरहेको छ ।