बैंकिङ खबर/बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)ले करिब ६२ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकहरूले ६१ अर्ब ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। उक्त अवधिमा वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड ५ लाख, विकास बैंकले ४ अर्ब ९५ करोड ९८ लाख र वित्त कम्पनीले ५१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथयांकले देखाएको छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चालू वर्षको ११ महिनामा सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाउँदा सबैभन्दा कम नेपाल बैंकले १ अर्ब ७ करोड रुपैयाँ मात्रै कमाउन सकेको हो। चालू वर्षको ११ महिनामा उच्च परिमाणमा खुद नाफा कमाउने वाणिज्य बैंकको सूचीको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको हो।
समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ५५ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड, प्रभुले ३ अर्ब ३ करोड, कृषि विकासले ३ अर्ब २ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। बाँकी ११ वाणिज्य बैंकमध्ये ५ वटाले २ अर्बदेखि ३ अर्बसम्म र ६ वटाले १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म खुद नाफा कमाएका छन्।
सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले १ अर्ब १६ करोड ९४ लाख र सबैभन्दा कम कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। साथै, वित्त कम्पनीमध्ये उक्त अवधिमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले २५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
Commercial Bank Profit 2080 Sharawan to 2081 Jestha | |
Bank Name | Amount in Million |
Nabil Bank | 6,338.44 |
Global Ime Bank | 5,090.35 |
Nepal Investment Mega | 4,381.33 |
Prime Commercial | 3,555.14 |
Everest Bank | 3,313.14 |
Rastriya Banajya | 3,068.34 |
Prabhu Bank | 3,034.24 |
Agriculture Devlopment | 3,024.88 |
Standard Chartrd | 3,019.00 |
NMB Bank | 2,776.37 |
Himalayan | 2,766.04 |
Laxmi Sunrise | 2,374.29 |
Siddhartha | 2,270.18 |
Nic Asia | 2,235.38 |
Citizen Bank | 1,756.73 |
Sanima Bank | 1,746.44 |
Kumari Bank | 1,674.52 |
Nepal SBI | 1,665.18 |
Machhapuchchhre | 1,284.18 |
Nepal Bank | 1,076.37 |
Total | 56,450.53 |




