July 9th, 2024

चीन र श्रीलंकासँग पनि डिजिटल भुक्तानी सम्झौता गर्ने राष्ट्र बैंकको तयारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले नेपाल डिजिटल भुक्तानीमा धेरै अघि बढिसकेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले भने, ‘नेपाल भ्रमणमा आउने चिनिया र श्रीलंकन पर्यटकलाई लक्षित गरी चीनको अली पे र श्रीलंकाको लंका पेसँग सम्झौता गर्ने प्रक्रिया अघि बढेको बताए। हाल क्रस बोर्डर पेमेन्ट भुक्तानी सम्झौता भारतसँग मात्र छ।’

चीन र श्रीलंकासँग डिजिटल भुक्तानी भएपछि ती मुलुकबाट नेपाल आउने पर्यटकलाई नगद बोक्नुपर्ने झन्झट हट्ने गभर्नर अधिकारीले बताए। चीन र श्रीलंकाको पर्यटकले नेपालमा क्युआर पेमेन्ट सुविधा प्रयोग गर्न पाए जस्तै नेपालीले पनि ती देश घुम्दा उक्त सेवा लिनसक्ने उनले जानकारी दिए।