बैंकिङ खबर/सहकारीको बचत रकम अपचलनबारे छानविन गर्न गठन भएको संसदीय छानविन विशेष समितिले घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी महानीरीक्षक सहितका उच्च पदस्थ अधिकारीसँग छलफल गरेको छ ।
विभिन्न सहकारीमा संकलन भएको बचतको दुरुपयोग भएको उजुरीबारे गठन गरिएको छानविन विशेष समितिले गृहसचिव एक नारायण अर्याल, प्रहरी महानिरक्षिक वसन्त कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक एवं सिआइबी प्रमखु श्यामलाल ज्ञावली, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर कुँवरसँग छलफल गरेको हो ।
समितिको १० औं बैठकमा सहकारी सम्बन्धि ५ हजार ३ सय उजुरी दर्ता भएको जानकारी आएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
समिति सभापति थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । समितिको कार्यादेशको अनुसुचीमा रहेका ९ वटा मध्य आठ वटा सहकारीले बचत रकम फिर्ता गर्न ठोस पहल समेत नभएको अनुसन्धानका क्रममा पाइएको छ ।




