अरुण फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीका लागि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । यो हकप्रद पारित गर्नका लागि कम्पनीले मंसिर ३० गते साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि कम्पनीले २२ गतेदेखि ३० गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, मंसिर २१ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
क्यापिटल मार्केट
