July 2nd, 2024

बैंकहरुले लिने तेस्रो पक्षमार्फत प्रवाह हुने सेवाको शुल्कबारे यस्तो छ व्यवस्था

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गरेबापत ग्राहकहरुबाट विभिन्न शुल्क लिने गरेका हुन्छन् । यस्ता शुल्कहरु बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षबाट प्रवाह हुने सेवामा समेत लिने गर्छन ।

बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्ने क्रममा केहि सेवाहरु अन्य संस्था वा निकायमार्फत पनि लिनुपर्ने हुन्छ । उदाहरणका लागि कर्जा सूचना,कालो सूचीसम्बन्धी सेवा,धितो मूल्यांकन, बीमा, इलेक्ट्रोनिक चेक क्लियरिङ आदि ।

यस्ता सेवा बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षमार्फत उपलब्ध गराउँदा सो सेवामार्फत त्यस्ता संस्था वा निकायलाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी हुनेगरी आफ्ना ग्राहकबाट सेवा शुल्क असुल गर्न नपाइने व्यवस्था रहेको छ । तर २ लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङ कारोबारमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनै पनि किसिमको शुल्क लिन पाउँदैनन् ।