बैंकिङ खबर/ बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन् ।
सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला साविकको बनेपा नगरपालिका–६ अहिलेको बनेपा नगरपालिका–८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् ।
बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनी विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ । प्रहरीले कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको छ ।