Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

२०८१ असार १५ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीइओ सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइने छ ।