Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

admin २०८१ असार ७ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपियाँ खिच्ने भएको छ । शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाएको छ । यसका लागि मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । सावाँ र ब्याज भुक्तानी भने असार २१ गते निर्धारण हुनेछ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले बिहीबार पनि बजारबाट ५० अर्ब रुपियाँ खिचेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।