Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी रोजगारी मेला हुँदै

२०८१ असार ६ गते

बैंकिङ खबर/ पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७ देखि ९ गतेसम्म ललितपुरको पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो । उक्त मेलाले स्वदेशमै रोजगारी सृजना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारी र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने महासंघको विश्वास छ ।

सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघसंस्थाले सञ्चालन गर्ने व्यावसायिक तालीम, शैक्षिक कोर्स र शीप विकास बारे जानकारी तथा मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्ने अपेक्षा छ ।

मेला अवधिभर सहकारीका ठूला रोजगारदाताबाट कार्यपत्र प्रस्तुति, अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनसमेत निरन्तर सञ्चालन हुने आयोजकले बताएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ । विद्यार्थी, रोजगारीको खोजीमा रहेका युवा, प्राविधिक जनशक्ति, सहकारीकर्मी गरी ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान छ ।