बैंकिङ खबर/वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा प्रवाह भने २ खर्ब २४ अर्ब मात्रै रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत निजी विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो ।
२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब थियो । ३२ जेठ २०७९ मा ५१ खर्ब ३२ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा ४३ खर्ब १८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी २०८१ जेठ मसान्तमा ४५ खर्ब ४२ अर्ब पुगेको छ । गत असार मसान्तमा ५७ खर्ब ७१ अर्ब रहेको कुल निक्षेप जेठ मसान्तमा आउँदा ६२ खर्ब ४१ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।
४ खर्ब ७० अर्ब निक्षेप बढ्दा वाणिज्य बैंकहरूको मात्रै ४ खर्ब ५२ अर्ब बढेको छ । २०८० असार मसान्तमा कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको निक्षेप ५० खर्ब ८६ अर्ब थियो । २०८१ जेठ मसान्त आउँदा ५५ खर्ब ३८ अर्ब पुगेको छ ।
कुन बैंकको कति ?