बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि एकैपटक ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट आज फेरि एकैदिन ५० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि जेठ महिनामा केन्द्रीय बैंकले ११ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै ३ खर्ब ५० अर्ब रुपैयाँ तानेको थियो। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको छ। यो अवस्थामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। निक्षेप बढ्नु र कर्जाको माग नबढ्नु बैंकिङ प्रणालीमा पैसा बढेको बढ्यै रहेको छ।