Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकवित्तमा एकै दिन थपियो ७ अर्ब, सिडी रेसियो ८०.०८ प्रतिशत

२०८१ असार ५ गते

बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत बुधबारसम्म ६२ खर्ब ३५ अर्ब रहेको निक्षेप गत बिहीबारसम्म ६२ खर्ब ४२ अर्ब पुगेको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३१ अर्ब रहेकोमा बिहिबार ५१ खर्ब ३३ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

बिहीबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब २५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ ।
सिडी रेसियो घट्दै ८०.०८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत छ । अघिल्लो दिन सिडी रेसियो ८०.१४ प्रतिशत थियो ।