June 14th, 2024

अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर

बैंकिङ खबर/जेठमा व्याजदर घटाएका वाणिज्य बैंकहरुले असारमा पनि व्याजदर घटाएका छन् । अहिलेसम्म १० वटा वाणिज्य बैंकको सूचनामध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १ वटाले बढाएको छ । बाँकी ३ वटा स्थिर राखेको छ।

वाणिज्य बैंकहरुले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी असारको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये एनआईसी एसिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइएमई व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

असारमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर एनआईसी एसियाले ७.६९ प्रतिशत, सिटिजन्सले ६.९ प्रतिशत, एभरेष्टले ५.७५ प्रतिशत, कुमारीले ६.५६ प्रतिशत, सानिमाले ६.८ प्रतिशत र ग्लोबल आइएमईले ६.५ प्रतिशत कायम गरेका छन्। जेठमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर एनआईसी एसियाले ७.८ प्रतिशत, सिटिजन्सले ७ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, कुमारीले ७.२६ प्रतिशत, सानिमाले ६.९ प्रतिशत र ग्लोबल आइएमईले ७.५ प्रतिशत कायम गरेका थिए।

नेपाल बैंकले भने असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ६.७५ पुर्याएको छ। जेठमा ६.३९ प्रतिशत थियो।
सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले जेठकै ब्याजदरलाई असारमा निन्तरता दिएका छन्। जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम सिद्धार्थले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ७ प्रतिशत र कृषि विकास बैंकले ५.६६ प्रतिशत दिएका थिए।