बैंकिङ खबर/दश महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.७ प्रतिशतले बढेको थियो । बैकिङ प्रणालीमा अत्यधिक लगानी योग्य रकम हुँदा समेत कर्जा प्रवाहको बृद्धिदर खुम्चिएको छ । कर्जा प्रवाहको बृद्धिदर खुम्चनुले आर्थिक गतिविधिमा अझै पनि शिथिलता कायमै रहेको संकेत गर्छ ।
राष्ट्र बैंकका अनुेसार बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । गत बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो ।




