बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड (७.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ खर्ब ७० अर्ब ७८ करोड (७.३ प्रतिशत) ले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ ।
बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।