Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा कारागार चलान

२०८१ जेष्ठ २७ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले उनलाई जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ गरेको थियो । पश्चिम चितवनमा उनी फ्ल्याट लिएर बसेको अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।