बैंकिङ खबर/ समुदायमा आधारित र सदस्य केन्द्रीत श्रोत परिचालन साकोसले वातावरण संरक्षणका लागि पहलकदमी गर्दै आएको छ ।
रणनीतिक व्यावसायिक योजनामानै दिगो विकासका लक्ष्यमा संस्थागत योगदानका लागि कार्यमहरु समावेश गरेको साकोसले विगतदेखिनै वातावरण संरक्षणका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
यस वर्ष पनि विश्व वातावरण दिवसका अवसरमा गल्छी बजारमा सरसफाइ तथा वातावरण सचेतना कार्यक्रम गरेको छ भने विद्युतीय सवारी साधन ऋण (इभी लोन) सेवा पनि सुरु गरेको छ ।
साकोसले व्यक्तिगत सदस्यहरुलाई ९.५ प्रतिशत ब्याजदरमा प्रदान गरिएको विद्युतीय सवारी साधन ऋण अन्तर्गत १५ सिट क्षमताको धादिङ काठमाडौं चल्ने सार्वजनिक सवारी साधन (फोटन फाइभ भी मोटर) को उद्घाटन कार्यक्रम आज गरेको छ ।
यसले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास साकोसका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी गराए ।