Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बजेटमार्फत् सहकारीलाई पुनःकर्जा दिइँदै

२०८१ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले बजेटमार्फत् सहकारीलाई पुनकर्जा दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमार्फत् सहकारी संस्थाहरुलाई पुनकर्जा दिने भएको हो ।

सहकारीको समस्या समाधान गर्न कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गर्ने र निश्चित मापदण्ड तय गर्दै कोष नै स्थापना गरेर पुनर्कर्जा दिने भएको हो ।

सरकारले आगामी आवको बजेटमार्फत करिब ५ अर्ब रुपैयाँको कोष बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सहकारी संस्थाको बचत अपचलनमा राजनीतिक दलका उच्च पदस्थ अधिकारीहरु जोडिन थालेपछि सरकारले कोष बनाएर समस्या समाधान गर्ने उपाय निकालिएको हो ।