स्वावलम्बन लघुवित्त विकास बैंक लि. र साँखु जेसिसको संयुक्त आयोजनामा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा शनिबार सम्पन्न भएको हो । बैंकको उपशाखा कार्यालय, नगरकोट भक्तपुरले स्थानीय स्वास्थ्य संस्थामा आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई लक्षित गरी एक दिने निःशुल्क शिविर संचालन गरेको हो ।
उक्त शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रशासकिय प्रमुख ममता सिंह तथा जर्मनीबाट आएको विशेषज्ञ डाक्टर सहितको टोलीले उपशाखा कार्यालय नगरकोट अन्तर्गतका करिव २ सय विरामी महिला ग्राहक सदस्यको स्वास्थ्य परिक्षण गरेको थियो ।
कम्युनिटि हेल्थ सेण्टर, गड्गडे निम्न माध्यामिक विद्यालको प्राङ्गणमा सञ्चालित शिविर कार्यक्रमको उद्घाटन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले आगामी दिनमा पनि ग्राहक सदस्य तथा उनीहरुको परिवारका लागि विभिन्न सामाजिक कार्य, स्वास्थ्य शिविर संचालन गर्दै अगाडी बढ्ने बताए । उनले महिला ग्राहक सदस्यहरुलाई यस्ता कार्यक्रमबाट लाभ लिन आग्रह समेत गरे । कार्यक्रमका सभापति तथा साँखु जेशिसका अध्यक्ष अमित प्रधानले बैंकसंगको सहकार्यमा यस प्रकारका कार्यले स्थानिय लाभान्वित हुने बताए ।