Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एक करोड ६८ लाख रुपैयाँ घाटामा बागमती डेभलपमेन्ट बैंक

admin २०७३ मंसिर ५ गते
सेयर:

bagmatiबागमती डेभलपमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६८ लाख रुपैयाँ घाटामा गएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पनि बागमती २१ लाख रुपैयाँ नोक्सानमा थियो ।

६ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ९ दशमलव ९८ प्रतिशतले घटेर ५३ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ बैंकले ३ दशमलव १८ प्रतिशत बढाएर ३८ करोड ९२ लाख लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा २८ दशमलव १० प्रतिशत बढेर ४५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन १ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । 

यो अवधिमा ५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा १ करोड १८ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको जोखिमयुक्त सम्पत्ति १३ दशमलव ०९ प्रतिशत बढेको छ भने निष्कृय कर्जा १३ दशमलव ८८ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी २९ दशमलव २६ रुपैयाँ नोक्सानमा रहेको छ भने मुल्य आम्दानीेको अनुपात १३ दशमलव ८८ गुणा नेगेटिभमा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३४ दशमलव ४९ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ७० प्रतिशत रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।