बैंकिङ खबर/ कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ। ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रूपैयाँ अपचलन गरेको भेटिएको छ।
सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले बचतकर्ताको उजुरीको आधारमा मंगलबार छानबिनकोको लागि अनुरोध गरेसँगै कास्की प्रहरीले प्राइम सहकारीका ८ सञ्चालकलाई तत्कालै पक्राउ गरेको हो।
कास्कीका प्रहरी प्रमु्ख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेमा सहकारीका वर्तमान अध्यक्ष पोखरा १४,चाउथे बस्ने शंकर कार्की, निवर्तमान अध्यक्ष पोखरा ४, गैह्रापाटन बस्ने वर्ष ६६ का निदेशप्रसाद कोइरालालगायत छन्।
यस्तै पोखरा ११, रानीपौवा बस्ने सहकारीका व्यवस्थापक निरु थापा केसी, पोखरा १३ आर्वा घर भएका कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, पोखरा १२, ढिकालेथर बस्ने सहकारीका कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पोखरा ३०, शिशुवा बस्ने सहकारीका पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, सोही ठाउँ बस्ने कर्जा अधिकृत सुनील थापा र सहकारीका सल्लाहकार पोखरा ८,नयाँबजार बस्ने मानबहादुर गुरुङ रहेका छन्।