Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट फेरि एकैपटक रु. ३५ अर्ब तान्दै राष्ट्र बैंक

२०८१ बैशाख २७ गते

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज वैशाख २७ गते एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।