May 2nd, 2024

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

बैंकिङ खबर/ नेपाल फाइनान्सले यसअघि जारी गरेको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको करिब ११ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीको १० लाख ९४ हजार ४७१ कित्ता संस्थापक सेयर बिहीबारदेखि लिलामी बिक्रीमा आएको हो ।

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी १० ले भाग जाने संख्या (कित्ता)का लागि आवेदन दिन सक्नेछन् ।

‘सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ’ क्यापिटलद्वारा जारी सूचनामा उल्लेख छ । बजारमा अन्तिम पटक कारोबार हुँदा यसको संस्थापक सेयर मूल्य प्रतिकित्ता १६३ रुपैयाँ छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]