Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा

admin २०८१ बैशाख १४ गते
सेयर:

बैंकिङ खबर/ कुमारी बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले स्पष्ट पारेको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।