April 25th, 2024

सहकारीका समस्या समाधानका लागि छुट्टै कानून बनाइने

बैंकिङ खबर/ सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीका समस्या समाधान नहुने निष्कर्षसहित छुट्टै कानुन बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारीपीडितका समस्या समाधान गर्न सरकारले छुट्टै कानून बनाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले सहकारी संकट र बचतकर्ताले बेहोर्नुपरेका समस्या समाधान गर्न छुट्टै कानुनी प्रबन्ध गर्ने निर्णय गरेको छ । बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

बचतकर्ताको रकम सुरक्षा र फिर्ता गर्ने संयन्त्र नै आवश्यक परेकाले त्यसका लागि कानुनी प्रबन्ध गर्ने तयारी सरकारले गरेको हो । कानूनको व्यवस्था गरेपछि संयन्त्र गठन गरिनेछ । सहकारीका समस्या फास्टट्रयाकबाट समाधान गरिने सरकारको भनाइ छ ।