Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६९ औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

admin २०८१ बैशाख १२ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुनेछ।

वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरुलाई घर ठेगानामा निमन्त्रणा पत्र पठाई सकिएको विभागले जनाएको छ ।

कथंकदाचित उक्त निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी सो समारोहमा उपस्थित भईदिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

बैंकका प्रादेशिक कार्यालयहरुले पनि विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाउँदै छन् । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (२६ अप्रिल १९५६) भएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।