April 22nd, 2024

दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा ऋण दिने

एजेन्सी । दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई झण्डै १० करोड डलर बराबरको सहायता पनि पठाउने बताएको बीबीसीले जनाएको छ ।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि विनाशकारी युद्धमा फसेको युक्रेनलाई दक्षिण कोरियाले समर्थन गरिरहेको छ । दुई वर्षदेखि चलेको युद्धले युक्रेनमा ठूलो क्षति पुर्‍याएको खबरमा उल्लेख छ । युक्रेनका धेरै महत्वपूर्ण शहर रुसको नियन्त्रणमा रहेका छन् ।

रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । युक्रेनमा चलिरहेको युद्धलाई आफ्नो विशेष सैन्य अपरेशन भनेको रुसले पनि ठूलो सङ्ख्यामा सैन्य जनशक्ति गुमाएको खबरमा उल्लेख छ । बीबीसीको रिपोर्टअनुसार युद्धमा अहिलेसम्म ५० हजारभन्दा धेरै रुसी सैनिक मारिएका छन् । यद्यपि, वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने खबरमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]