April 21st, 2024

नेप्सेमा २४ लाख कित्ता बढी बोनस शेयर सूचीकृत

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २४ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । आज एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

आज एशियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशतले हुन आउने २४ लाख ४५ हजार ३ सय ५७ दशमलव ९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।