April 21st, 2024

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको नाममा रहेको शेयर विक्रीमा ल्याएको छ । बैंकले उक्त सेक्युरिटिजको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न ईच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा टंगालमा वेदन दिन सक्नेछन् ।

उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बैंकले तोकिएको सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडी बढाउने बेंकको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]