बैंकिङ खबर/ वैदेशिक रोजगारीमा रोमानिया लैजाने भन्दै तीन जना व्यक्तिसँग प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाएर मकवानपुरका सुनिल योञ्जन गोपाली(गुरुङ) सम्पर्क विहीन भएका छन् ।
मकवानपुर स्थायी घर भइ केहि वर्ष काठमाडौं र लमजुङमा समेत बसेका योञ्जनले लमजुङकै सुरज वि.क, लमजुङ घइ भइ हाल चितवन बस्दै आएका शिव वि.क र तनहुँ घर भइ चितवन बस्ने राजेश वि.कसँग प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाएर सम्पर्क विहीन भएका हुन् ।
गत वर्ष कोरोनापछि रोमानिया पुगेका योञ्जनले तीन महिनामै रोमनिया लैजाने भन्दै झुठो आश्वासन देखाएका थिए । नेपालमा रहेका विभिन्न व्यक्तिका नाममा रकम हाल्न लगाएका योञ्जनले त्यसपछि काम हुँदै छ भन्दै टारेका थिए । त्यसपछि विस्तारै काम नहोला जस्तो हुन लागेपछि योञ्जनले आफैले प्रोसेर क्यान्सिल लगाएका थिए ।
प्रोसेर क्यान्सिल गरेको ४५ दिनमा रकम फिर्ता गर्छ भनेपनि एक वर्ष हुन लाग्दा समेत उनले रकम फिर्ता गरेका छैनन् । सुनिलले सुरजलाई एनएमबी बैंकको अवशेष गुरुङ र रिमो गुरुङको खाता नं. ०४१०५०५०२७९९४ मा एक लाख रुपैयाँ हाल्न लगाएका थिए ।
यस्तै शिवले गोपालीलाई सानीमा बैंकको टेक राज भट्टको खाता नं. ०७७०११०५००००२०२ मा ४५ हजार रुपैयाँ र अर्को खाता अशोक घोरसिङको ग्लोबल आइएई बैंकको खाता नम्बर १२५०७००५२३६८ मा ६९ हजार रुपैयाँ हाल्न लगाएका थिए । यस्तै गोपालीले राजेश वि.कबाट चन्द्रकला दाहालको एनआइसी एसियाको खाता नम्बर ०३४५७५१२४३२१००१ मा ७१ हजार रुपैयाँ डिपोटिज गर्न लगाएका थिए ।
योञ्जन त्यसपछि रोमनिया हुँदै अवैधानिक रुपमा ग्रीस पुगेका छन् । उनी अहिले सम्पर्क विहीन छन् । उनीसहित पैसा रक मगर्ने खातावालाविरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी गरिएको छ । गोपालीले चिनजाका नाममा अन्य व्यक्तिहरुलाई पनि ठगी गरेको पाइएको छ ।
उनले अन्य थप ७ जनासँग रोमनिया पठाइदिने भन्दै ठगी गरेको खुलेको छ । वैदेशिक रोजगारीका नाममा ठगी गरि फरार रहेका योञ्जन हाल रोमनियाबाट अवैधानिक रुपमा ग्रीस पुगेका छन् ।
उनी केहि समयअघि काठमाडौंमा मोडल हुँ भन्दै हिँड्ने गर्थे । उनी मोडल लाइक अ स्टार कम्पनीको सिइओ भन्दै अन्य व्यक्तिहरुलाई समेत ठगी गर्ने गरेको खुलेको छ ।




