Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी खातामा २ खर्बभन्दा बढी नगद मौज्दात

२०८० चैत्र २२ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारीको वित्तीय रिपोर्ट अनुसार २०८० फागुन मसान्तसम्म विभिन्न बैंकमा रहेको सरकारी खातामा कूल २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको हो ।

यद्यपि, यो सङ्घीय सरकारको मात्र नभएर प्रदेश सरकार तथा स्थानीय तहहरूको समेत हो । २०८० असार मसान्तमा यस्तो नगद मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।