बजार घटेपनि कारोबार रकम बढेको छ । बुधबार एक अर्ब १९ करोडको कारोबार भएको बजारमा विहीबार डेड अर्बको कारोबार भएको छ । दिनभरिमा एक सय ३५ वटा कम्पनीको १६ लाख २० हजार सात सय ८७ कित्ता सेयर सात हजार आठ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब ५० करोड ६४ लाख ९५ हजार दुई सय ७७ रुपैयाँ पुँजी परिचालन भएको छ ।
हकप्रद र बोनस सेयर घोषणाले एभरेष्ट बैंकमा लगानीकर्ताको ओइरो लागेको छ । बैंकको ५१ करोड ७० लाख ६० हजार छ सय ८९ रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको साढे १२ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको सात करोड, सिद्धार्थ बैंकको छ करोड, सिभिल बैंकको पाँच करोड र सप्तकोसी डेभलपमेन्ट बैंकको प्रोमोटर सेयर चार करोडमाथिको कारोबारम भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी, स्टान्डर्ड चार्टर्ड बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, कुमारी बैंक लगायतको तीन करोडमाथिको कारोबार भएको छ ।
जम्मा १२ वटा कम्पनीका सेयरधनीले अधिकतम ४ प्रतिशतदेखि न्युनतम ०.२६ प्रतिशतसम्म कमाएका छन् । सबैभन्दा धेरै कमाउनेमा रिडि हाइड्रोपावरका सेयरधनी छन् भने सबैभन्दा थोरै कमाउनेमा गुडविल फाइनान्सका सेयरधनी छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, नमस्ते वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, कन्काई विकास बैंक, ङादी पावर ग्रुप, कञ्चन डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स र वरियन्टल होटलका सेयरधनीले पनि कमाएका छन् ।
महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ९.०२ प्रतिशतका दरले गुमाउँदा सिभिल बैंक, नेपाल ग्रामीण विकास बैंक र सेती फाइनान्सका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स, मिरमिरे माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, लुम्बिनी फाइनान्स, सिन्धु विकास बैंक लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।