Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पाइपलाइनमा रहेको आइपीओ स्वीकृती दिने बोर्डको तयारी

२०८० चैत्र २२ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमबद्ध रुपमा स्वीकृति दिने भएको छ।अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको बिषय शून्य भएको थियो ।
अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।

यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् ।