April 4th, 2024

पाइपलाइनमा रहेको आइपीओ स्वीकृती दिने बोर्डको तयारी

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमबद्ध रुपमा स्वीकृति दिने भएको छ।अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको बिषय शून्य भएको थियो ।
अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।

यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]