Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० चैत्र २१ गते

बैंकिङ खबर/प्रभु बैंकले १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर खरिदको लागि इच्छुक व्यक्तिले चैत २१ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिनुपर्नेछ ।