फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख रुपैयाँ मुनाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्षको तुलनामा ४८ दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा फरवार्ट कम्युनिटीले ४ करोड १० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
१४ करोड रुपैयाँ चुक्ता पूँजी भएको संस्थाले निक्षेपमा ४४ दशमलव ३२ प्रतिशतले वृद्धि गरी १ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ संस्थाले ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ लगानी गरेको छ । फरवार्ड कम्युनिटीको खुद व्याज आम्दानी ५२ प्रतिशतले बढेर १४ करोड ८० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले बढेर ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले प्रोभिजनमा १ करोड ३ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ४१ करोड रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा संस्थाकमो निष्कृय कर्जा शुन्य दशमलव २८ प्रतिशत रहेको छ भने ११ दशमलव ७१ प्रतिशत जोखिमयुक्त सम्पत्ति रहेको छ ।