Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी अनियमिततामा संलग्न १ हजार ११० जना फरार

admin २०८० चैत्र १५ गते
सेयर:

बैंकिङ खबर/ सहकारी संस्थामा भएको अनियमिततामा संलग्न १ हजार ११० जना फरार छन् । २०७९ चैत १० देखी २०८० फागुन ३० सम्म दर्ता भएको सहकारीको अनियमितता सम्बन्धी मुद्दामा उनीहरू फरार रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम ढकालले जानकारी दिए ।

पछिल्लो एक वर्षको अवधिमा देशभर १४९ वटा सहकारी ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ । सो मुद्दामा संलग्न २७१ जनालाई पक्राउ गरिएको डीआईजी ढकालले बताए । अनुचित लेनदेन मिटरब्याज सम्बन्धी १५२ वटा उजुरी प्रहरीमा आएको छ । तीमध्ये ६ वटा उजुरीबारे छलफलपछि मिलापत्र गराइएको र १४६ वटा अनुसन्धानमा रहेको डीआईजी ढकालले जानकारी दिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।