प्रोफेशनल दियालो विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ७६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा प्रोफेशनल दियालोले ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
२४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा गत आर्थिक वर्षको तुलनामा २७ दशलमव ७८ प्रतिशतले वृद्धि गरी २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ ३६ दशमलव ९४ प्रतिशतले बढाएर १ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७६ दशमलव ९२ प्रतिशतले बढेर २ करोड ३० लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा भने ३३ प्रतिशतले घटेर ४२ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा ८५ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा २७ प्रतिशतले वृद्धि गरी ६ करोड ५६ लाख रुपैया राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा १ दशमलव ४२ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १४ दशमलव ४१ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३ सय ३१ दशमलव ४२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २७ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ०६ प्रतिशत रहेको छ ।
पाँच करोड ५६ लाख ६० हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकको निक्षेप गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २७ दशमलव ८८ प्रतिशतले वृद्धि भई ५३ करोड २९ लाख रुपैयाँ संकलन भएको छ । कर्जातर्फ बैंकले २९ दशमलव ८१ प्रतिशत बढाएर ३४ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ ।
यो अवधिमा मातृभूमिको खुद व्याज आम्दानी ५९ दशमलव ७९ प्रतिशतले बढेर ५९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ३० दशमलव ५८ प्रतिशतले बढेर गरी २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले प्रोभिजनमा १७ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्जा २ दशमलव १८ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव १७ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २ दशमलव ७३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९७ दशमलव ६३ गुणा, तरलता अनुपात ४७ दशमलव ४४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ३७ रुपैयाँ रहेको छ ।