Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापुच्छ्रे बैंकको ११.१६ लाख बढी कित्ता शेयर बिक्रीमा

admin २०८० चैत्र १२ गते
सेयर:

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको ११ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको कुल ११ लाख १६ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता रहेको छ।

यसअघि यी शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि खुला गरिएको थियो। तर, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। यसका लागि आफूले लिन चाहेको शेयर संख्या र मूल्य खुलाई काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलको कार्यालयमा निवेदन दिन सकिनेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।