सिन्धु विकास बैंकले आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सातौँ साधारणसभाले यो लाभांश पारित गरेको छ ।
साधारणसभाले ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर र हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।