March 18th, 2024

बालबालिकालाई बचत गर्ने बानीको विकास गर्न गभर्नरको सुझाव

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्‍याइने बताएका छन् ।

सोमबार काठमाडौंमा ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्‍याउन जरुरी रहेको बताए ।

गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताए । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए।

कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको बताउँदै उनले ग्लोवल मनी वीक अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे ।

सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको उनलले बताए । पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको उनको भनाइ छ ।

बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको गभर्नर अधिकारीले बताए । बालबालिकाले खाजा खर्च बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे ।